२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • धरहरा टपरी मममा औँठी फेला, महानगरपालिकाद्वारा...

धरहरा टपरी मममा औँठी फेला, महानगरपालिकाद्वारा २ लाख रुपैयाँ जरिवाना

धरहरा टपरी मममा औँठी फेला, महानगरपालिकाद्वारा २ लाख रुपैयाँ जरिवाना

बिहिवार, श्रावण २९ २०८२०५:२२
बिहिवार, श्रावण २९ २०८२०५:२२
  • images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना लगाएको छ। नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डअनुरूप नभएको पाइएपछि कारबाही गरिएको हो।

    महानगरको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार, धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको हो। उनले बताए अनुसार, “बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ।”

    महानगरले व्यवसाय सञ्चालकलाई ७ दिनभित्र जरिवाना रकम बैंकमार्फत जम्मा गरी जानकारीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरणको व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend