काठमाडौं । प्राइम बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १४.७२ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार रुपैयाँ थियो।
खुद ब्याज आम्दानी ११.९२ प्रतिशत बढ्दै ८ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ७ अर्ब ८८ करोड २७ लाख ७५ हजार रुपैयाँ मात्र थियो। खुद शुल्क तथा कमिसन आम्दानी १.७० प्रतिशत बढेर १ अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ पुगेको छ।
कुल सञ्चालन आम्दानी १३.५५ प्रतिशतले वृद्धि भई ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २३.४३ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ भएको छ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ पुगेको छ, जसका आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ मात्र थियो।
१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ पुगेको छ।
गत असारसम्म बैंकको निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी १६.२५ प्रतिशत बढ्दै २ खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष निक्षेप २ खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ र कर्जा १ खर्ब ८१ अर्ब २ करोड ९५ लाख ६९ हजार रुपैयाँ मात्र थियो।
बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८३.३९ प्रतिशत छ, अघिल्लो वर्ष ८६.२० प्रतिशत थियो।
प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो १८.०८ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ र मूल्य–आम्दानी अनुपात १३.३२ गुणा रहेको छ।
तर, खराब कर्जा अघिल्लो वर्षको ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको छ। बैंकको रिटर्न अन इक्विटी १२.५१ प्रतिशत रहेको छ।

