२०८३, आश्विन २० गते

images

२० वाणिज्य बैंकको नाफा ४३% ले वृद्धि, कुल नाफा ७१ अर्ब ५१ करोड नाघ्यो

२० वाणिज्य बैंकको नाफा ४३% ले वृद्धि, कुल नाफा ७१ अर्ब ५१ करोड नाघ्यो

शुक्रवार, श्रावण ३० २०८२१०:०३
शुक्रवार, श्रावण ३० २०८२१०:०३
  • images


    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले कुल ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकहरूको नाफा ४९ अर्ब ८७ करोड १३ लाख ३९ हजार रुपैयाँ रहेको थियो।

    लेखापरीक्षण अघिको विवरण अनुसार, गत वर्ष चार बैंकको नाफा घटेको छ भने बाँकी १६ वटा बैंकको नाफा बढेको देखिएको छ। नाफा घटाउने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

    सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ। असार मसान्तसम्म नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

    सबैभन्दा कम नाफा कमाउने एनआईसी एशिया बैंकले १६ करोड १५ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७६.९७ प्रतिशतले घटेको हो।

    सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकलाई नेपाल इन्भेष्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकले पछ्याएका छन्। नेपाल इन्भेष्ट मेगा बैंकको नाफा ६४.४४ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार पुगेको छ भने ग्लोबल आइएमई बैंकको नाफा १.१० प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार पुगेको छ।

    प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार पुगेको छ। एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार, कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३,१८४ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार र एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

    अन्य बैंकहरूमा सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५,८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार र हिमालयन बैंकको २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार पुगेको छ।

    तर केही बैंकहरूको नाफा घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको २.०८ प्रतिशत घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार र एनआईसी एशिया बैंकको ७६.९७ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend