काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले ओरालो लागेर एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि घटबढ हुँदैछ। चाँदीको मूल्य आज प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

