२०८३, आश्विन २० गते

images

बैकिङ प्रणालीमा अधिक तरलता, थप ६० अर्ब खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा अधिक तरलता, थप ६० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, भाद्र १ २०८२१०:५४
आइतवार, भाद्र १ २०८२१०:५४
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ ।

    बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले भदौ १ गते ६० अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले ३१ दिन अवधीका लागि उठाउन लागेको ६० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज १ गते फिर्ता पाउनेछन् ।

    ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

    बहुब्याजदरमा बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend