२०८३, आश्विन २० गते

images

साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घट्यो, ७ अर्ब ७३ करोडको कारोबार

साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घट्यो, ७ अर्ब ७३ करोडको कारोबार

आइतवार, भाद्र १ २०८२०३:२५
आइतवार, भाद्र १ २०८२०३:२५
  • images

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घट्दै बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१४ अंकले ओरालो लागेर २,७६१ विन्दुमा कायम भएको हो।

    आज ५८ कम्पनीको शेयर मूल्य बढ्दा १९१ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरमा ३१७ कम्पनीका २ करोड ५ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

    सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ, जसको कारोबार रकम ५१ करोड ६७ लाख रुपैयाँ पुगेको छ। त्यसपछि हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख र नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    लगानीकर्तामध्ये सबैभन्दा बढी नाफा आरबीबी म्युचुअल फन्ड–१ का इकाईधनीले कमाएका छन्। उनीहरूले ७.९३ प्रतिशतको नाफा आर्जन गरेका छन्। त्यसैगरी अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ६.२९ प्रतिशत, कालिका पावरका लगानीकर्ताले ५.९६ प्रतिशत र अपर हेवाखोलाका लगानीकर्ताले ५.७६ प्रतिशत नाफा कमाएका छन्।

    उता, सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। उनीहरूले आज ७ प्रतिशतको दरले घाटा बेहोरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend