२०८३, आश्विन २० गते

images

खराब कर्जाको दलदलमा यी फाइनान्स कम्पनी

खराब कर्जाको दलदलमा यी फाइनान्स कम्पनी

आइतवार, भाद्र १ २०८२०४:४४
आइतवार, भाद्र १ २०८२०४:४४
  • images

    काठमाडौं । विभिन्न फाइनान्स कम्पनीहरूमा खराब कर्जा बढ्दै गएको छ। जानकी फाइनान्समा खराब कर्जा गत आर्थिक वर्षमा ४८.६१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३७.१३ प्रतिशतको तुलनामा ११.४८ प्रतिशतले वृद्धि हो। यसले कम्पनीलाई नेपाल राष्ट्र बैंकले टेक ओभर गर्न सक्ने जोखिम बढाएको छ।

    त्यस्तै, पोखरा फाइनान्समा खराब कर्जा २९.०६ प्रतिशत, गोर्खाज फाइनान्समा १६.१० प्रतिशत र सेन्ट्रल फाइनान्समा १४.१८ प्रतिशत रहेको छ।

    नाफामा अगाडि रहेको आइसिएफसि फाइनान्समा खराब कर्जा ३.६८ प्रतिशतबाट घटेर १.८३ प्रतिशतमा आएको छ। यसैगरी, श्रीइन्भेष्टमेन्ट फाइनान्स २.८६ प्रतिशतबाट २.५७ प्रतिशत, मञ्जुश्री फाइनान्स ३.२२ प्रतिशतबाट ३.११ प्रतिशत र प्रोग्रेसिभ फाइनान्स ८.९२ प्रतिशतबाट ४.४४ प्रतिशतमा घटेको छ।

    अन्य फाइनान्स कम्पनीहरूमा मल्टीप्रपोज ५.४७ प्रतिशत, गुडबिल मर्चेन्ट ५.७६ प्रतिशत, बेष्ट फाइनान्स ८.८४ प्रतिशत, रिलायन्स फाइनान्स ९ प्रतिशत, समृद्धि फाइनान्स ९.६६ प्रतिशत र नेपाल फाइनान्स ९.७४ प्रतिशत खराब कर्जा रहेको छ।

    विशेषज्ञहरूले खराब कर्जा उच्च हुने कम्पनीको नियमनमा नेपाल राष्ट्र बैंकले सतर्क रहनुपर्ने बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend