काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चारवटा स्वास्थ्य संस्थालाई सूचीमा राखेको छ। मन्त्रालयका अनुसार, उच्च अदालत पाटनको आदेशअनुसार विज्ञ समितिको सिफारिसमा सूचीकरण गरिएको हो।
सूचीमा परेका स्वास्थ्य संस्था
स्टार हस्पिटल
ह्याम्स अस्पताल
मनमोहन मेमोरियल मेडिकल कलेज
शिक्षण अस्पताल, र किष्टल डायग्नोष्टिक प्रा.लि
नेपाल मेडिसिटी हस्पिटलको सूचीकरण प्रक्रिया हाल स्थगित गरिएको छ। उच्च अदालतले वैदेशिक रोजगारीका लागि इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि पाँच संस्था सूचीकरण गर्न आदेश दिएको थियो। मन्त्रालयले आदेशअनुसार चार संस्था सूचीमा राखेको र एकको प्रक्रिया स्थगित गरिएको जनाएको छ।

