२०८३, आश्विन २० गते

images

उतारचढावपछि बढ्यो नेप्से, ९.१६ अंकले उक्लिएर २७७०.३९ मा पुग्यो

उतारचढावपछि बढ्यो नेप्से, ९.१६ अंकले उक्लिएर २७७०.३९ मा पुग्यो

सोमवार, भाद्र २ २०८२०३:४४
सोमवार, भाद्र २ २०८२०३:४४
  • images

    काठमाडौं । लामो समयदेखि ओरालो लागेको सेयर बजार सोमबार उक्लिएको छ। लगातार घट्दै गएको बजार आइतबार २७.१४ अंकले तल झरेको भए पनि सोमबार भने ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा पुगेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार १७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ। यस दिन ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    गएको वर्ष साउन ३१ गते बजार ३०००.८१ बिन्दु पुगेको थियो। यही साउन १३ गते फेरि ३००२.०८ को उच्च बिन्दु छोए पनि त्यसयता बजारमा ओरालोको दबाब बढी देखिएको छ। लगानीकर्ताले अझै २०७८ भदौ २ गतेको ऐतिहासिक ३१९९.०३ बिन्दु पार हुने प्रतीक्षा गरिरहेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend