२०८३, आश्विन २० गते

images

६ महिनापछि सहकारी नियमन प्राधिकरणले पायो पूर्णता

६ महिनापछि सहकारी नियमन प्राधिकरणले पायो पूर्णता

सोमवार, भाद्र २ २०८२०५:०३
सोमवार, भाद्र २ २०८२०५:०३
  • images

    काठमाडौं । स्थापना भएको ६ महिनापछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ। सोमबार नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्राधिकरणको अध्यक्ष डा. खगराज शर्मा रहेका छन्। उनलाई असार ३१ गते अध्यक्ष नियुक्त गरिएको थियो। सदस्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइराला रहेका छन्।

    सहकारी विज्ञ सदस्यमा डा. रमेश चौलागाई र चार्टर्ड एकाउन्टेन्टको तर्फबाट सी.ए महेश खनाल नियुक्त भएका छन्। उनीहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

    अध्यक्ष शर्मा अनुसार, प्राधिकरण अब पूर्ण क्षमतामा काम सुरु गर्नेछ। उनले भने, “विभागले निकालेको तथ्यांक अनुसार करिब ३३ हजार सहकारी दर्ता भएका छन्। बचत तथा ऋण कारोबार गर्ने सहकारी ७५ प्रतिशत हुनुको अनुमान छ। सबै सहकारीमा स्थलगत अनुगमन गर्न हामी सिस्टममा वित्तीय अवस्था र आवश्यक डकुमेन्टहरू इन्ट्री गरेर नियमन गर्नेछौं।”

    उनले थपे, “ऐन अनुसार ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू हाम्रो नियमन र सुपरिवेक्षणको क्षेत्राधिकारमा पर्छन्। विशेषगरी बचत तथा ऋण कारोबार गरिरहेका सहकारीहरूको नियमन र सुपरिवेक्षण हाम्रो मुख्य काम हो।”

    प्राधिकरणले करिब एक वर्षभित्र लक्ष्य अनुसार स्पष्ट नतिजा ल्याउने गरी काम अघि बढाउने योजना बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend