काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेपाल शेयर बजारमा सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि निरन्तर घट्दै गएको बजार आज केही मात्रामा बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ।
मंगलबार नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८० को बिन्दुमा कायम भएको छ। आज कुल ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ।
होटल्स तथा टुरिज्म बाहेकका सबै इन्डेक्समा सामान्य वृद्धि भएको छ। बैंकिङ इन्डेक्स ०.५७ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत, म्यानुफ्याक्चरिङ इन्डेक्स ०.५२ प्रतिशतले बढेको छ। मंगलबार कुल कारोबार भएका कम्पनीहरूमध्ये १४२ कम्पनीको शेयर मूल्य बढेको छ।

