२०८३, आश्विन २० गते

images

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

बुधवार, भाद्र ४ २०८२१०:३३
बुधवार, भाद्र ४ २०८२१०:३३
  • images

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार पनि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ। अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २५ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

    बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष हरेक महिना बैंक तथा वित्तीय संस्थामा औसत ६ खर्बभन्दा बढी अधिक तरलता रहँदै आएको थियो । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो रकम बढेर साढे १० खर्ब रुपैयाँ पुगेको थियो ।

    नयाँ आर्थिक वर्षको पहिलो साउन महिना सकिनलाग्दा पनि बैंक तथा वित्तीय प्रणालीमा साढे १० खर्बकै हाराहारीमा अधिक तरलता छ । यहीकारण राष्ट्र बैंकले सातामा दुई पटक (आइतबार र बुधबार) बजारबाट पैसा झिकिरहेको छ । सोही क्रममा आज पनि बजारबाट पैसा झिक्न लागेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend