२०८३, आश्विन २० गते

images

नेप्से सूचक ९.७० अंकले घट्यो, कारोबार रकम ५ अर्ब २० करोडमा सीमित

नेप्से सूचक ९.७० अंकले घट्यो, कारोबार रकम ५ अर्ब २० करोडमा सीमित

बुधवार, भाद्र ४ २०८२०४:०१
बुधवार, भाद्र ४ २०८२०४:०१
  • images

    काठमाडौं । बुधबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ९.७० अंकले घट्दै २७६७ अंकमा बन्द भएको हो। आज कारोबार सुरु भएपछि नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि उतारचढावमा रह्यो। दिउँसो २ बजेपछि बिक्री चाप बढेपछि सूचक झरेको हो।

    कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा सीमित रह्यो।

    आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनी घटे र २ स्थिर रहे। समूहगत सूचकमा होटल तथा पर्यटन समूह २.०३ प्रतिशतले बढ्दै अग्रपंक्तिमा रह्यो भने व्यापार समूह १.०६ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। बाँकी समूहहरू १ प्रतिशतभन्दा कमले घटे।

    बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशतले घटे।

    कम्पनीगत कारोबारमा विकास हाइड्रोपावर पहिलो दिनदेखि नै सक्रिय देखियो। यसको मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ३२१.३० रुपैयाँमा पुगेको छ। त्यसैगरी चन्द्रागिरि हिल्स ७.४२ प्रतिशत, सगरमाथा जलविद्युत् ३.८४ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावर ३.७४ प्रतिशतले बढे।

    पन्चकन्या माइ हाइड्रोपावर भने ९ प्रतिशतले घट्दै आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बन्यो। अपर स्याङ्गे हाइड्रोपावर ४.६ प्रतिशत, अपर हेवाखोला ३.४ प्रतिशत र युनाइटेड इदी मर्दी ३.०९ प्रतिशतले घटे।

    आज धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् अगाडि परे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend