२०८३, आश्विन २० गते

images

सूर्यदर्शन सहकारी प्रकरणः पूर्वसचिव जेल चलान

सूर्यदर्शन सहकारी प्रकरणः पूर्वसचिव जेल चलान

बुधवार, भाद्र ५ २०८११०:११
बुधवार, भाद्र ५ २०८११०:११
  • images

    काठमाडौं । सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो। नकर्मीलाई प्रहरीले भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरी पोखरा ल्याएको थियो। कास्की प्रहरीले नकर्मीलाई आइतबार नै अदालतमा उपस्थित गराएको थियो।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी १९ औं व्यक्ति हुन्। सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई र सहकारीका आइटी शाखासमेत हेर्ने  भविश्वर अर्याल अहिले कास्की कारागारमै छन्।


    सहकारी ठगीमा ४४ जनालाई पक्राउ पूर्जी जारी गरिए पनि अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) सहितका व्यक्तिहरू अझै फरार छन्। यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन्।

    सहकारी पीडितहरुले रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरिरहे पनि उनी गृहमन्त्री भएको बेला छानबिन नै अवरुद्ध बनेको सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको भनाइ छ। 

    सहकारी ठगी प्रकरणमा मुछिएका सबै व्यक्तिको अनुसन्धान हुनुपर्ने पीडितहरुको माग र पूरक निवदेनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सबै फाइल र सहकारीको सफ्टवेयरको पनि जाँच गरेको थियो। जाँच गरिए पनि त्यसको प्रतिवेदन भने सार्वजनिक भएको थिएन।

    तर, पीडितहरूको दबाबपछि गएको वैशाख १६ गते ३ हजार ४ सय १९ पृष्ठ लामो प्रतिवेदन पोखरा महानगरका मेयर धनराज आचार्यलाई बुझाइएको थियो। मेयरले त्यसको भोलिपल्टै सो प्रतिवेदन कास्की प्रहरीलाई बुझाएका थिए। 

    संघर्ष समितिका संयोजक किरणका अनुसार यो सहकारीमा १ हजार ३७ पीडितहरुको १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको छ। जिल्ला सरकारी  सरकारी वकिलको कार्यालयबाट दायर भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend