काठमाडौं। विशेष अदालतले श्रृङ्खलाबद्ध भ्रष्टाचार मुद्दामा मुछिएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार पौडेलसँग एक लाख रुपैयाँ धरौटी माग्ने आदेश सुनाएको हो।
पौडेलमाथि केन्द्रमा कार्यरत रहँदा करिब १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ। यद्यपि, यस आदेशका आधारमा मात्रै उनी थुनामुक्त हुने छैनन्, किनभने यसअघि दायर भएका अन्य भ्रष्टाचार मुद्दामा भने उनलाई थुनामा पठाउने आदेश भइसकेको छ।

