काठमाडौं । तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि आइतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भएकाे थियाे।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेकाे हाे।

