काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो।
मंगलबार सुनको मूल्य प्रतितोलामा एक लाख ९८ हजार ७०० रुपैयाँ कायम थियो।
यसैबीच बुधबार चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा दुई हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा दुई हजार ३४५ रुपैयाँ कायम भएको हो ।

