२०८३, आश्विन २० गते

images

स्वस्तिक लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

स्वस्तिक लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०९:३१
सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०९:३१
  • images

    काठमाडौं । स्वस्तिक लघुवित्तले निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड हुदै छ। आज बिहीबार बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

    कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ १९ हजार ५ सय १९ जनालाई मात्र पर्ने छ ।

    कम्पनीले यस अघि नै श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

    नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । मधेश प्रदेश कार्य क्षेत्र रहेको यस् लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend