काठमाडौँ । सरकारले कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ । मुलुकको अन्य क्षेत्रको तुलनामा आर्थिक विकासमा पछि परेको सुदुरपश्चिम क्षेत्रको समग्र अर्थिक विकासको लागि भारतसँग तथा भारत मार्पmत् हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाहा निर्माण गर्न लागेको हो ।
वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावलली २०७७ ले आयोजनाहरु निर्माण र सञ्चालन पूर्व वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नु पर्ने कानूनी व्यवस्था अनुरुप मिति २०८०।०१।१७ मा यस स्थानमा एकीकृत जाँच चौकी÷सुक्खा बन्दरगाह निर्माणको लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको । जस अनुसार कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालीका अन्तर्गत वडा नं. १ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्र मध्ये ६३ हेक्टर जग्गामा आयोजना सञ्चालनको लागि प्रस्ताव गरिएको थियो ।
प्रस्तावित एकीकृत जाँच चौकीको निर्माण भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरी तत्कालिन प्रधानमन्त्री श्री पुष्पकमल दाहालको २०८० जेठमा सम्पन्न भारत भ्रमणको अवसरमा नेपाल सरकार र भारत सरकार वीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको । यस आयोजना भारत सरकारको सहयोगमा निर्माण हुने भएकोले भारत सरकारबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन अनुसार निर्माण गरिने हुँदा आयोजना सञ्चालनको लागि प्रस्तावित कूल ६३ हेक्टर जग्गा मध्ये पहिलो चरणमा ४२.३६ हेक्टर क्षेत्रफल मात्र प्रयोग गरिने भएको छ ।
बैशाख १७ मा स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गर्नु पर्ने भएको । यसका लागि वन तथा वातावरण मन्त्रालयबाट गत जेठ १६ गते स्वीकृत प्रादन गरेको थियो । वन तथा वातावरण मन्त्रालयको स्वीकृति पश्चात पूर्व स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गरी उक्त परिमार्जित वातावरणीय व्यवस्थापन योजनाको मस्यौदा प्रतिवेदन स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मिति बिहीबार वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ ।
परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृति भए सँगै मुलुकको सुदुर पश्चिम प्रदेशमा व्यापार सहजीकरणका लागि अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधार सहितको एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माणको लागि ढोका खुलेको छ ।
सो आयोजना अन्तर्गत सडक, पार्किङ्ग क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी÷खाद्य प्रयोगशाला (क्वारेन्टाइन) प्रशासनिक भवन लगायतका संरचनाहरुको निर्माण हुनेछ । यस आयोजना निर्माणको लागि करिव ५.७६ अर्व नेपाली रुपैया लाग्ने अनुमान गरिएको छ । यस परियोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
नेपाल सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा रहेको यस एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाहको निर्माण सम्पन्न भई सञ्चालनमा आए पश्चात सुदुरपश्चिमको वृहत्तर पक्षको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।

