२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई...

सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:२०
सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:२०
  • images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गरेकी छिन् ।

    चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी हुन्् ।

    ‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका कयौं जिल्लाहरुमा अझै पनि छाउपडीजस्ता अमानवीय प्रथाहरु बाँकी छन््’, मन्त्री शर्माले भनिन, ‘हामीले संविधान र कानुबाट जातीय छुवाछुत, लैंगिक विभेदजस्ता थुप्रै असमानताको अन्त्य गर्यौं तर व्यवहारमा अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन । यस्ता विकृति र विसंगतिको अन्त्य गर्ने महत्वपूर्ण माध्यमको रुपमा कला संस्कृतिलाई अघि बढाइनुपर्छ, त्यसमा पनि चलचित्र क्षेत्र सशक्त माध्यम हुनसक्छ ।’ 

    विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त अधिकारलाई जनताको जीवनसँग अब सामाजिक रुपान्तरण आवश्यक भएकाले यसलाई सबैले साझा अभियान बनाउनुपर्नेमा उनको जोड थियो । 

    बालबालिकाहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउन र बालबालिकाहरूमा चलचित्र निर्माणको चासो बढाउन सफल यो महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले यस्ता महोत्सवबाट अन्तराष्ट्रियस्तरमा हुने महोत्सवहरुमा नेपालको सहभागी बढाउन सहयोग पुग्ने पनि बताईन ।

    नेपालबाट नेपाली बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रयस्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउनुपर्ने उनले स्पष्ट पारिन । 

    बालबालिकाको हकहितका सवालमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालका बालबालिकाको हकहितमा के कस्ता नियम कानुन रहेका छन् र यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने सन्दर्भ पनि बाल चलचित्र निर्माणका कथावस्तु बनाउनुपर्ने धारणा राखिन । नेपालले बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाजको परिकल्पना गरेको उल्लेख गर्दै उनले बालबालिका तथा किशोरकिशोरीलाई सबै प्रकारको हिंसा, दुव्र्यवहार र शोषणबाट मुक्त गर्नुपर्ने बताईन । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend