२०८३, आश्विन १९ गते

images
  • बिमा
  • जीवन बिमा कम्पनीहरूको सेयर बजारमा ३०...

जीवन बिमा कम्पनीहरूको सेयर बजारमा ३० अर्बभन्दा बढी लगानी, हिमालयन लाइफ अग्रस्थानमा

जीवन बिमा कम्पनीहरूको सेयर बजारमा ३० अर्बभन्दा बढी लगानी, हिमालयन लाइफ अग्रस्थानमा

बिहिवार, भाद्र १२ २०८२०६:०६
बिहिवार, भाद्र १२ २०८२०६:०६
  • images

    काठमाडौं । नेपालको सेयर बजारमा जीवन बिमा कम्पनीहरूको लगानी उल्लेखनीय रूपमा बढेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार, सञ्चालनमा रहेका १३ वटा जीवन बिमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को अन्त्य (असार मसान्तसम्म) सम्ममा सूचीकृत कम्पनीहरूको सेयरमा कुल ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ बराबरको लगानी गरेका छन्।

    अघिल्लो वर्ष यिनै कम्पनीहरूको लगानी १९ अर्ब १२ करोड रुपैयाँ मात्रै रहेको थियो। यस आधारमा, १ वर्षको अवधिमा सेयर बजारमा जीवन बिमा कम्पनीहरूको लगानी ११ अर्ब ४० करोड रुपैयाँले बढेको हो। यसले संस्थागत लगानीकर्ताको बजारप्रतिको आकर्षण बढ्दै गएको स्पष्ट संकेत गरेको छ।

    त्यस्तै, सूर्यज्योति लाइफले २ अर्ब ९२ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० ले २ अर्ब ३४ करोड, सन नेपालले १ अर्ब ५१ करोड र रिलायबल नेपालले १ अर्ब ४७ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्। त्यसैगरी नेशनल लाइफले १ अर्ब ३३ करोड, सिटिजन लाइफले १ अर्ब २९ करोड, आइएमई लाइफले १ अर्ब २२ करोड, प्रभु महालक्ष्मीले १ अर्ब १५ करोड, सानिमा रिलायन्सले ९९ करोड, एसियन लाइफले ८६ करोड ४३ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीले ५४ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन्।

    कम्पनीहरूमध्ये सबैभन्दा धेरै लगानी हिमालयन लाइफ इन्स्योरेन्सले गरेको देखिएको छ। कम्पनीले १० अर्ब ८ करोड रुपैयाँ बराबरको सेयरमा लगानी गरेको छ। दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहँदै ४ अर्ब १२ लाख रुपैयाँ लगानी गरेको छ।

    नेपाल बिमा प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बिमा कम्पनी बाहेक सबै बिमा कम्पनीहरूको सेयर बजारमा लगानी बढेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend