२०८३, आश्विन २० गते

images

नाडा अटोमोबाइल्स महासंघमा रुपान्तरण गरिने

नाडा अटोमोबाइल्स महासंघमा रुपान्तरण गरिने

आइतवार, भाद्र १५ २०८२०४:०४
आइतवार, भाद्र १५ २०८२०४:०४
  • images

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई विधानतः महासंघमा रूपान्तरण गर्ने निर्णय भएको छ। मिति २०८२ भदौ ८ गते बसेको नाडाको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि यस विषयमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

    यसैअनुसार विशेष साधारण सभा मिति २०८२ भदौ २४ गते, मंगलबार बिहान ११ बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा हुने भएको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जारी गरेको आग्रहपत्रमा यस निर्णयलाई कार्यान्वयनमा ल्याउन नाडाका सदस्यहरूको निर्णायक भूमिका रहने भएकाले अनिवार्य रूपमा उपस्थित रहन अनुरोध गरिएको छ।


    उनले यो निर्णयले सदस्यहरूको लामो समयदेखिको इच्छा, चाहना र आकाङ्क्षा पूरा गर्ने मात्र नभई नाडालाई वास्तविक अर्थमा राष्ट्रिय स्तरको संस्था बनाउने र सदस्यहरूको हकहित सबल रूपमा संरक्षण गर्ने उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend