काठमाडौं । खोटाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको श्री लक्ष्मी माध्यमिक विद्यालय भवन निर्माणमा २४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, हलेसी तुवाचुङ नगरपालिका–४ स्थित विद्यालयमा आर्थिक वर्ष २०७१/७२ मा चार कोठे आरसीसी भवन निर्माणका लागि २४ लाख रुपैयाँ र २५ प्रतिशत जनश्रमदानसहित कुल ३० लाख रुपैयाँको सम्झौता भएको थियो।
तर, अख्तियारको स्थलगत अनुसन्धान र प्राविधिक प्रतिवेदनले फिल्डमा जम्मा २ लाख ७२ हजार ३२८ रुपैयाँको मात्र काम भएको देखाएको छ।
अख्तियारको अनुसन्धानमा प्रतिवादीहरूले झुट्टा प्राविधिक मूल्याङ्कन र बिल तयार गरी सरकारी रकम निकासा गराएको, राज्य र विद्यालयलाई गैरकानूनी हानि पुर्याएको तथ्य पाइएको छ।
मुद्दा दायर प्रतिवादी र बिगो रकम:
जिल्ला शिक्षा अधिकारी:
डा. गणेश प्रसाद भट्टराई – १० लाख
केशव प्रसाद दाहाल – १४ लाख
ज्ञानमणि नेपाल – १४ लाख
जिल्ला शिक्षा कार्यालयका कर्मचारी:
लेखा अधिकृत भुवन प्रसाद आचार्य – १० लाख
लेखापाल सुरेश कुमार श्रेष्ठ – २४ लाख
सब-इन्जिनियर शिवराज राई – २४ लाख
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष:
पृथ्वी दाहाल – ८ लाख
शेष कुमार पौड्याल – ८ लाख + ५ लाख १२०
प्रधानाध्यापक:
राजेन्द्र प्रसाद दाहाल – ८ लाख
ऋषिराम पोखरेल – ८ लाख
नयन कुमार राई – ५ लाख १२०
विद्यालय लेखापाल र भवन निर्माण जिम्मेवार:
सीता कार्की – १६ लाख + ५ लाख १२०
अर्जुन तामाङ – १६ लाख
अख्तियारले सबै प्रतिवादीहरूलाई बिगोअनुसार जरिवाना, कैद सजाय र बिगो असुल गर्न अदालतसँग माग गरेको छ।

