२०८३, आश्विन १९ गते

images
  • समाचार
  • निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष...

निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम

निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम

मंगलवार, भाद्र १७ २०८२१०:२९
मंगलवार, भाद्र १७ २०८२१०:२९
  • images

    काठमाडौँ । निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम हुने गरी निजामती सेजा विद्येयकमा सहमति भएको छ । सरकार अडानबाट पछि हटेपछि संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश सम्बन्धी व्यवस्थामा गाँठो फुकेको छ ।

    विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेर हदसम्वन्धमा प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनमा भएकै व्यवस्था कायम राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएपछि विवाद टुंगिएको हो ।

    प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णय मन्त्री न्यौपानेको अभिव्यक्तिसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको हो ।

    विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले चालु आर्थिक वर्षमा ५९ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गर्न समितिका सदस्यलाई आग्रह गरेकी थिइन् । तर, विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरूले प्रतिनिधि सभाको संशोधनमै सहमति गरेर जानुपर्ने अडान राखेपछि सहमति जुटेको थिएन ।

    मंगलबारको बैठकमा भने मन्त्री न्यौपानेले प्रतिनिधि सभाको प्रतिवेदन सदर गरेर जान तयार रहेको बताइन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend