२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • कोटेश्वरको सुन पसलमा राजश्व अनुसन्धानको छापा,...

कोटेश्वरको सुन पसलमा राजश्व अनुसन्धानको छापा, काँचो सुन बरामद

कोटेश्वरको सुन पसलमा राजश्व अनुसन्धानको छापा, काँचो सुन बरामद

मंगलवार, भाद्र १७ २०८२१०:५७
मंगलवार, भाद्र १७ २०८२१०:५७
  • images

    काठमाडौँ । राजश्व अनुसन्धान विभागले कोटेश्वरको एक सुन पसलमा छापा मारेको छ । विभागले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित बज्राचार्य गहना उद्योगमा छापा मारेको हो ।विभागबाट खटिएका अनुसन्धान अधिकृत र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले गहना उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ ।

    पसल र कारखानाबाट बरामद गरिएको काँचो सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए । उनले उक्त पसलमा राजश्व छली गरेका सुनको बिक्री वितरण भएको उजुरीका आधारमा छापा मारेको बताए ।

    बज्राचार्य गहना उद्योगबाट बरामद सुन र बिलबिजकबारे विभागले अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend