२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • सानीभेरी जलविद्युत् आयोजनामा ५ बैंकको लगानी,...

सानीभेरी जलविद्युत् आयोजनामा ५ बैंकको लगानी, साढे ९ अर्ब रुपैयाँ जुट्यो

सानीभेरी जलविद्युत् आयोजनामा ५ बैंकको लगानी, साढे ९ अर्ब रुपैयाँ जुट्यो

सीएनएन खबर
मंगलवार, भाद्र १७ २०८२११:२१
सीएनएन खबर
मंगलवार, भाद्र १७ २०८२११:२१
  • images

    काठमाडौं । ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने यस आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा पाँच वटा बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन्।

    सम्झौताअनुसार, सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ तथा सानिमा बैंक र सिद्धार्थ बैंकले समान १-१ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

    कूल ९ अर्ब ६० करोड रुपैयाँ लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणको संयोजनमा लगानी जुटाइनेछ। रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।

    नदी प्रवाही प्रकारको आयोजनाबाट वार्षिक २८३.३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ। उत्पादन भएको विद्युत् बाफिकोट सबस्टेशनमा जोडिनेछ। यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend