२०८३, आश्विन १९ गते

images

निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

मंगलवार, भाद्र १७ २०८२०७:३८
मंगलवार, भाद्र १७ २०८२०७:३८
  • images

    काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक मंगलबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो। 

    विधेयकमा सेवा निवृत्त भएका कर्मचारीले २ वर्षभन्दा अघि फेरि अन्य कुनै सरकारी नियुक्ति खान नमिल्ने व्यवस्था (कुलिङ अफ पिरियड) राख्न खोजिएकोमा प्रतिनिधि सभाबाट पारित हुँदा त्यसमा गडबडी भएपछि त्यसले व्यापक विवाद निम्ताएको थियो। 

    कुलिङ अफ पिरियडको मर्म नै मर्ने गरि गरिएको गडबडीको छानबिन गर्न प्रतिनिधि सभामा समिति बनाइएको थियो। तर, समितिले नाम नै किटान गरेर कसैलाई दोषी करार गरेन। 

    राष्ट्रिय सभाले भने प्रतिनिधि सभामा कुलिङ अफ पिरियडसम्बन्धी भएकाे गडबडी लगायतका अन्य विषयमा संशोधनसहित पारित गरेको हो। अब राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend