२०८३, आश्विन २० गते

images

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

बुधवार, भाद्र १८ २०८२०३:४४
बुधवार, भाद्र १८ २०८२०३:४४
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.६४ अंकले घटेर २ हजार ७२६.३३ विन्दुमा सीमित बनेको छ ।
    यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४७०.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

    यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.३२ र व्यापार समूह ०.०७ प्रतिशतले बढे ।  
    होटल्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.९३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४९ प्रतिशत,विकास बैंक ०.९२, फाइनान्स ०.५९, हाईड्रो ०.९४, लगानी ०.४९, जीवन बीमा ०.५३, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.७०, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घट्यो ।  

    यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ८० लाख बढीको सेयर कारोबार भयो । लिबर्टी इनर्जीको पनि आज २७ करोड ३७ लाख, नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २४ करोड ९४ लाख र पञ्चकन्या माई हाईड्रोको १३ करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।  

    आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिम स्टार उर्जा कम्पनीको सेयरमूल्यमा ९.९९ प्रतिशतको वृद्धिका साथ अपर सर्किट लाग्यो ।  

    यस्तै युनियन हाईड्रोको सेयरमूल्य पनि ७.०३ प्रतिशतले बढ्यो । यो दिन लिबर्टी इनजीको सेयरमूल्य सर्वाधिक अर्थात ६.९९ प्रतिशतले घट्यो । यस्तै छ्याङदी हाईड्रोको सेयरमूल्य ६.४५ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ३.८८ र  सिक्लेस हाईड्रोको सेयरमूल्य ३.७६ प्रतिशतले घट्यो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend