२०८३, आश्विन २० गते

images

नेप्से घट्यो : ४ अर्ब ४० करोड बढीको कारोबार

नेप्से घट्यो : ४ अर्ब ४० करोड बढीको कारोबार

आइतवार, भाद्र २२ २०८२०३:५३
आइतवार, भाद्र २२ २०८२०३:५३
  • images

    काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.५२ अंकले घटेर २,७०८ विन्दुमा कायम भएको छ। आज ७९ कम्पनीको शेयर मूल्य बढ्दा १७३ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरमा ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको छ।

    सबैभन्दा बढी शेयर कारोबार यूनियन हाइड्रोपावरको भएको छ, जसको शेयर कारोबार रकम २९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख, एभरेष्ट बैंकको २२ करोड १५ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    लगानीकर्ताले सबैभन्दा धेरै लाभ हिम स्टार ऊर्जामा पाएका छन्, जसमा लगानीकर्ताले ९.९७ प्रतिशत कमाएका छन्। त्यस्तै, एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ५.८३ प्रतिशत र यूनिभर्सल पावरका लगानीकर्ताले ५.१२ प्रतिशत कमाएका छन्।

    आज सबैभन्दा धेरै घाटा पञ्चकन्या माई हाइड्रोपावरमा भएको छ, जहाँ लगानीकर्ताले ४.६२ प्रतिशत गुमाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend