२०८३, आश्विन १९ गते

images

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

आइतवार, भाद्र २२ २०८२०४:०७
आइतवार, भाद्र २२ २०८२०४:०७
  • images

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सोमबार हुन लागेको ‘जेन जी’ पुस्ताको र्‍यालीलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। साथै, उनले कुनै पनि राजनीतिक दल, नेता वा अभियन्तालाई आफ्नो स्वार्थ पूरा गर्न उक्त र्‍यालीमा ‘बाठो’ नबन्न चेतावनी समेत दिए।

    सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको विरोधमा युवाहरूले सडक प्रदर्शनको घोषणा गरेपछि प्रमुख शाहले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले उक्त र्‍याली २८ वर्षमुनिका युवाहरूको भएको स्पष्ट पार्दै आफू समेत उमेर हदका कारण सहभागी हुन नमिल्ने बताए।

    ‘भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजी को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु,‘ शाहले लेखेका छन्, ‘भोलि यो स्वतस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला।’

    प्रमुख शाहले आफूलाई युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्ने मन रहेको उल्लेख गर्दै उनीहरूका मागहरू सुन्नु जरुरी रहेको बताए। ‘म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ,’ उनले भने।

    उनले जेन जी पुस्तालाई प्रश्न गर्दै उनीहरूको अपेक्षा जान्न खोजेका छन्। उनले लेखेका छन्, ‘प्रिय जेनजी, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ ?’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend