२०८३, आश्विन १९ गते

images

३३ घण्टाको उडान गरेर काठमाडौं आइपुग्यो श्री एयरको नयाँ जहाज

३३ घण्टाको उडान गरेर काठमाडौं आइपुग्यो श्री एयरको नयाँ जहाज

सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:४१
सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:४१
  • images

    काठमाडौँ । श्री एयरलाइन्सले नयाँ जहाज थप गरेको छ । कम्पनीले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित ८० सिट क्षमताको क्यु ४०० ड्यास ८ विमान भित्र्याएको हो ।

    नयाँ जहाज थप गरेसँगै श्रीसँग ११ वटा जहाज र ८ वटा हेलिकप्टर गरी १९ वटा जहाज भएको छ । जसमा सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका हो ।

    यस्तै, श्रीसँग आठवटा रोटर विङ्स (हेलिकप्टर) रहेका छन् । कुल १९ जहाजसहित श्री देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको छ ।

    ३३ घण्टाको उडान गरेर काठमाडौँ ल्याईयो 

    कम्पनीले थप गरेको नयाँ जहाज अमेरिकाको अरेगन राज्यबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याईएको हो । 

    श्री एयसलाईन्सका पाइलटहरुले अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसलैण्डको केफलामिक, चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै करिव १० हजार चार सय माइलको दुरी ३३ घण्टाको उडान तथा तीन रात्री विसानपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण गराएका कम्पनीका प्रवक्ता तथा प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

    श्रीले सिआरजे २००–७०० तथा क्यु ४०० ड्यास विमानहबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत र पर्वतीय उडानहरु नियमित रुपमा संचालन गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पुरा गरी नयाँ विमानवाट आफ्ना आन्तरिक गन्तव्यहरुमा थप उडान गरि भरपर्दो सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ ।

    shree air new biman.jpg
    श्री एयरलाइन्स

    श्रीले सन् २०१७ मा ५० सिट क्षमताका दुइवटा सिआरजे २०० तथा ७० सिट क्षमताको दुइवटा सिआरजे ७०० जेट विमानबाट नियमित उडान संचालन शुरु गरेको थियो । श्रीले सेवा शुरु गरेपछि यात्रुहरुले पनि सहुलियत भाडादरमा यात्रा गर्न पाएको कम्पनीको दाबी छ ।

    २५ वर्षअघि हेलिकप्टरबाट सुरु भएको उडान यात्रा

    विस २०५५ सालमा उद्योगपति स्व बनवारी लाल मित्तलले हेलिकप्टरबाट उडान यात्राको थालनी गरेका थिए । ६३ वर्षय मित्तलले अति दुर्गम तथा विकट, हिमाली क्षेत्रहरुमा खाद्यान्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मीक उद्धार तथा पर्यटकीय सामानहरु ढुवानी, निर्माण सामग्री, जल विद्युत र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेसिनरी ढुवानी गर्न एयर अनन्या स्थापना भएको थियो । पछि त्यसको नामम परिवर्तन गरी श्री एयरलाइन्स राखिएको थियो । 

    हेलिकप्टरबाट उडान सुरु गरेको श्रीले २५ वर्षको अवधिमा सर्बाधिक जहाज भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । 

    श्रीपछि हाल सञ्चालित वायुसेवा कम्पनीमध्ये सर्वाधिक जहाज हुनेमा बुद्ध एयर रहेको छ । बुद्धले हाल १७ वटा एटीआर जहाजबाट भारतको बनारससँगै आन्तरिक उडान गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend