२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १४...

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो, कति छन् घाइते ?

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो, कति छन् घाइते ?

सोमवार, भाद्र २३ २०८२०३:५७
सोमवार, भाद्र २३ २०८२०३:५७
  • images

    काठमाडौँ । जेन जी आन्दोलनका क्रममा यो समाचार अपडेट गर्दासम्म १४ जनाले ज्यान गुमाएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १२ को मृत्यु भएको प्रहरीस्रोतले जनाएको छ ।

    सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ ।

    प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरुको विवरण आउन सकेकोे छैन ।

    घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो ।

    हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend