२०८३, आश्विन २० गते

images

८ अर्बको लगानीमा बनेको हिल्टन खरानी बन्यो

८ अर्बको लगानीमा बनेको हिल्टन खरानी बन्यो

बुधवार, भाद्र २५ २०८२११:५२
बुधवार, भाद्र २५ २०८२११:५२
  • images

    काठमाडौं । करिब ८ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको नक्सालस्थित पाँचतारे होटल हिल्टन भीषण आगलागीमा परी पूर्णरुपमा ध्वस्त भएको छ। हिजो भएको जेन जी आन्दोलनकै क्रममा आगजनी हुँदा होटल जलेर खरानी बनेको हो।

    शंकर समूहले निर्माण गरेको यो होटल करिब पाँच वर्ष लामो अवधिपछि गत वर्षदेखि औपचारिक सञ्चालनमा आएको थियो। प्रारम्भिक चरणमै कोठा र बैंक्वेट हलसहितका सेवा सञ्चालनमा ल्याइएको थियो।

    होटलमा १ सय ७४ कोठा रहेका थिए। सन् २०१८ मा निर्माण कार्य सुरु भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो। अन्ततः सञ्चालनमा आएको एक वर्ष नबित्दै होटल अहिले पूर्णरुपमा नष्ट भएको छ।

    यस होटलको व्यवस्थापन जिम्मा बेलायतमा दर्ता भएको कम्पनीमार्फत लिइएको थियो, जसको स्वामित्व अमेरिकास्थित मूल कम्पनीसँग जोडिएको थियो। सो समूहले विश्वका १ सयभन्दा बढी देशमा हजारौँ होटल तथा लाखौँ कोठा सञ्चालनमा ल्याएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend