२०८३, आश्विन २० गते

images

सीमित सेवा शुरु गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

सीमित सेवा शुरु गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

बिहिवार, भाद्र २६ २०८२१२:१०
बिहिवार, भाद्र २६ २०८२१२:१०
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई सीमित कर्मचारीको प्रयोग गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

    बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको निषेधाज्ञाको व्यवस्थालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएको हो। 

    सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ। अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एक्ससको व्यवस्था मिलाउनुपर्नेछ।’

    साथै, सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न पनि राष्ट्र बैंकले सबै संस्थाहरूलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend