२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, पोस्टमार्टम...

जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, पोस्टमार्टम प्रक्रिया सुरु

जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, पोस्टमार्टम प्रक्रिया सुरु

शुक्रवार, भाद्र २७ २०८२०१:५३
शुक्रवार, भाद्र २७ २०८२०१:५३
  • images

    काठमाडौं । उपत्यका र अन्य जिल्लामा जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

    नेपाल प्रहरीले मृतकको विवरण सार्वजनिक गर्दै तीन प्रहरी र एक भारतीय नागरिकसमेत यसमा समावेश रहेको जनाएको छ।


    प्रहरीका अनुसार पहिलो दिनको प्रदर्शनमा मात्र २१ जनाको मृत्यु भएको थियो भने कैदीसमेत ९ जनाको ज्यान गएको थियो।

    ज्यान गुमाएका व्यक्तिहरूको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ। त्रिवि शिक्षण अस्पतालमा हाल ९ शवको पोस्टमार्टम प्रक्रिया जारी छ भने ३६ शव विभागमा पुगेका छन्। तीमध्ये एक जनाको परिचय अझै खुलेको छैन।

    प्रहरीले जनतालाई शान्ति र संयमको लागि अपिल गर्दै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend