२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • जेनजी आन्दोलनमा भएको क्षतिको पुनर्निमार्ण गर्न...

जेनजी आन्दोलनमा भएको क्षतिको पुनर्निमार्ण गर्न छिन्नमस्ताले ५ लाख ५१ हजार दिने

जेनजी आन्दोलनमा भएको क्षतिको पुनर्निमार्ण गर्न छिन्नमस्ताले ५ लाख ५१ हजार दिने

बुधवार, आश्विन १ २०८२०२:४७
बुधवार, आश्विन १ २०८२०२:४७
  • images

    काठमाडौँ । छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

    जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब भत्ता बराबर ५लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गर्ने निर्णय गरेको पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

    छिन्नमस्ता गाउँपालिका पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह गर्दै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियता पूर्वक अघि बढ्ने उनको भनाइ छ ।

    नागरिकलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठ्यारो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ थप परिस्कृत ढंगबाट सेवा प्रवाह गर्ने अध्यक्ष चौधरीले बताए ।

    जेनजी आन्दोलनका क्रममा सिंहदरबारलगायत देशभर ठूलो मात्रामा भौतिक संरचनामा क्षति भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend