२०८३, आश्विन १९ गते

images

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

बिहिवार, आश्विन २ २०८२०१:३९
बिहिवार, आश्विन २ २०८२०१:३९
  • images

    काठमाडौँ । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार बिहान राजीनामा गरेका हुन्।

    बैंक सञ्चालक समितिको बिहीबारको बैठकबाट उनको राजीनामा स्वीकृत भइसकेको जनाइएको छ । न्यौपानेले कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्।

    न्यौपाने २०७९ कात्तिकमा दोस्रो पटक थप ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए । न्यौपानेको राजीनामा पछि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई नियुक्त गरिएको छ ।  उनी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend