२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ओलीले भनेः प्रहरीसँग नभएका हतियारबाट गोली...

ओलीले भनेः प्रहरीसँग नभएका हतियारबाट गोली हानियो, जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन

ओलीले भनेः प्रहरीसँग नभएका हतियारबाट गोली हानियो, जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन

शुक्रवार, आश्विन ३ २०८२०९:३८
शुक्रवार, आश्विन ३ २०८२०९:३८
  • images

    काठमाडौँ ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् ।

    भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो ।

    आन्दोलनपछि सरकार छाड्न बाध्य भएको ओली सैनिक व्यारेकको ९ दिन लामो बसाइँपछि विहीबार भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन् । उनले शुक्रबार संविधान दिवसको दिन वक्तव्य जारी गर्दै आन्दोलनमा गोली हान्ने आदेश नदिएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend