२०८३, आश्विन २० गते

images

सेयर बजार ११६ अंकले उकालो, ९ अर्बभन्दा बढीको कारोबार

सेयर बजार ११६ अंकले उकालो, ९ अर्बभन्दा बढीको कारोबार

आइतवार, आश्विन ५ २०८२०३:२६
आइतवार, आश्विन ५ २०८२०३:२६
  • images

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ११६.०१ अंक अर्थात् ४.६१ प्रतिशतले बढ्दै २६२७.९३ बिन्दुमा पुगेको छ।

    गत साताको बिहीबार लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लाग्दै नेप्से १६०.३३ अंक अर्थात् ६ प्रतिशतले ओरालो झरेर २५११.९१ बिन्दुमा सीमित भएको थियो। सोही तुलनामा आइतबार बजारमा बलियो पुनरुत्थान देखिएको हो।

    आइतबार नेप्सेमा कुल ९ अर्ब १७ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ। यसअघि बिहीबार भने जम्मा ७२ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

    कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ। यससँगै बजारमा लगानीकर्ताको मनोबल केही हदसम्म फर्किएको देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend