२०८३, आश्विन १९ गते

images
  • समाचार
  • हितेन्द्रदेव शाक्य बिदा, मनोज सिलवाल प्राधिकरणको...

हितेन्द्रदेव शाक्य बिदा, मनोज सिलवाल प्राधिकरणको नयाँ नेतृत्वमा

हितेन्द्रदेव शाक्य बिदा, मनोज सिलवाल प्राधिकरणको नयाँ नेतृत्वमा

आइतवार, आश्विन ५ २०८२०७:४८
आइतवार, आश्विन ५ २०८२०७:४८
  • images

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो।

    सिलवाल यसअघि प्राधिकरणमा उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका अनुभवी विद्युत अभियन्ता हुन्। उनले लामो समयदेखि प्राधिकरणमा विभिन्न प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका छन्।

    यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्त गरिएको छ। शाक्यलाई यसअघि पनि सोही आयोगमा पठाइएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend