२०८३, आश्विन १९ गते

images

दोहोरो अंकले घट्यो शेयर बजार, नेप्से २,६५४ विन्दुमा

दोहोरो अंकले घट्यो शेयर बजार, नेप्से २,६५४ विन्दुमा

बुधवार, आश्विन ८ २०८२०३:२३
बुधवार, आश्विन ८ २०८२०३:२३
  • images

    काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घट्दै नेप्से परिसूचक २७.८९ अंकले ओरालो झरेर २,६५४ विन्दुमा कायम भएको छ।

    आज दिनभर ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको नेप्सेले जनाएको छ। आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्य घटेको छ।

    सबैभन्दा धेरै कारोबार यूनियन हाइड्रोपावरको भएको छ। कम्पनीको सेयर कारोबार रकम २२ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख र हिमालयन रिइनस्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    उल्लेख्य लाभ आर्जन गर्नेमा माथिल्लो मैलुङ खोला जलविद्युत र सिटी होटल्स रहेका छन्। यी दुवै कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले नाफा कमाएका छन्। हिम स्टार ऊर्जाका लगानीकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाइ गरेका छन्।

    यता, आज सबैभन्दा धेरै घाटा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले बेहोर्नु परेको छ। कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेपछि लगानीकर्ताले ठूलो क्षति व्यहोरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend