२०८३, आश्विन १९ गते

images

साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द

साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द

बिहिवार, आश्विन ९ २०८२०३:३६
बिहिवार, आश्विन ९ २०८२०३:३६
  • images

    काठमाडौं । साताको अन्तिम दिन आइतबार शेयर बजार सामान्य घटेर बन्द भएको छ। नेप्से परिसूचक २.३५ अंकले ओरालो लागी २,६५२ विन्दुमा कायम भएको हो।

    आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरिमा ३२७ कम्पनीका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    व्यवसायिक कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो। यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि युनियन हाइड्रोपावरको १८ करोड ३४ लाख र हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    लाभ गर्नेमा हिम स्टार एनर्जी अगाडि रह्यो। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतसम्म नाफा कमाएका छन्। त्यसैगरी प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ८ प्रतिशत र कालिका पावरका लगानीकर्ताले ६.७२ प्रतिशत नाफा कमाएका छन्।

    गुमाउनेमा भने सिटी होटल्स अगाडि रह्यो। यस कम्पनीका लगानीकर्ताले आज ७.५५ प्रतिशतसम्म घाटा बेहोरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend