२०८३, आश्विन २० गते

images

व्यवसाय गर्ने वातावरण सरकारले बनाइदेओस् : करण चौधरी

व्यवसाय गर्ने वातावरण सरकारले बनाइदेओस् : करण चौधरी

मंगलवार, भाद्र ११ २०८१०२:११
मंगलवार, भाद्र ११ २०८१०२:११
  • images

    काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सञ्चालित  ‘नाडा अटो शो २०२४’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । 

    नाडाले आजदेखि १६ गतेसम्म सञ्चालन हुने शोमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी हुने छ । यो नाडाले आयोजना गरेको यो १६ औं संस्करण हो ।  

    सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले  अटोमोबाईल्स व्यवसायीका तर्फबाट विभिन्न गुनासाहरू राखेका छन् । अटो मोबाइल्स व्यवसायमा ठूलो चुनौती रहेको भन्दै उनले नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिनु पर्ने बताए ।

    १ खर्बभन्दा बढी लगानी रहेको अटो क्षेत्रमा सरकारले समन्वयकारी भुमिका खेल्न नसकेको पनि गुनासो गरे ।उनले कार्यक्रममा उपस्थित अर्थमन्त्री पौडेल समक्ष अटोमोबाईल्स व्यवसायीलाई नेपालमै बस्न मिल्ने वातावरण मिलाइदिन भनेका छन् । 

    उनले  मौद्रिक नीतिमा पनि नेपाल राष्ट्र बैंकले अटो व्यवसायलाई समेट्ने प्रयास नगरेको बताए । साथै उनले अटो क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भुमिका खेलेको पनि बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend