२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मैले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छ,...

मैले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छ, सरकारले बाहिर ल्याओस् : केपी ओली

मैले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छ, सरकारले बाहिर ल्याओस् : केपी ओली

शनिवार, आश्विन ११ २०८२०७:५३
शनिवार, आश्विन ११ २०८२०७:५३
  • images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेको बताउँदै ती अभिलेख सार्वजनिक गर्न सरकारलाई सुझाव दिएका छन्।

    भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा बोल्दै ओलीले सरकारले आफ्नो अभिव्यक्ति र काम जनतामाझ पारदर्शी ढंगले ल्याउनुपर्नेमा जोड दिए।

    उनले भने, “मैले भनेका सम्पूर्ण कुराहरु यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्‍याओस्। कर्मचारीलाई दिएको निर्देशन रेकर्डेड छन्, प्रहरीलाई दिएको निर्देशन पनि रेकर्डेड छन्। ती सबै बाहिर ल्याओस्।”

    ओलीले आफू षड्यन्त्र वा छलछामको पक्षमा नभई पारदर्शिता, स्वच्छता र जनसेवाको पक्षमा रहेको स्पष्ट गरे। उनले कानुनी राज्य, शान्ति र सुव्यवस्थाका लागि आफ्नो नीतिहरु सधैं त्यही दिशामा केन्द्रित हुने बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend