२०८३, आश्विन १९ गते

images

अब अटो उत्पादनतर्फ ध्यान केन्द्रित गर्न सरकारले साथ दिनेछः अर्थमन्त्री

अब अटो उत्पादनतर्फ ध्यान केन्द्रित गर्न सरकारले साथ दिनेछः अर्थमन्त्री

मंगलवार, भाद्र ११ २०८१०२:४४
मंगलवार, भाद्र ११ २०८१०२:४४
  • images


    काठमाडौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्। मंगलबार काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो २०२४ को उद्घाटन गर्दै मन्त्री पौडेलले वर्तमान सरकारले गरेको सहज नीतिगत व्यवस्थाका कारण मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका हुन् । 

    नीतिगत र स्थिरता राजनीतिक स्थिरतासँग जोडिएको भन्दै अहिलेको सरकार भनेको स्थिर सरकार भएको उनको भनाई छ। उनले व्यवसायीहरूको नीतिगत समस्यालाई समाधान गर्ने गरि सरकार अघि बढ्ने उल्लेख गरे।

    अब अटो उत्पादनतर्फ ध्यान केन्द्रित हुनुपर्ने र यसमा सरकारले साथ दिने अर्थमन्त्री पौडेलको भनाइ छ । उनले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिन सक्ने जिकिर गरे ।

    अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनका साथै अर्थतन्त्रका सबै क्षेत्रमा अध्ययन र अनुसन्धान गरे निष्कर्षमा पुग्ने बताए। त्यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोवाइल्सलाई लक्जरको रुपमा हेर्दा केहि सीमाहरु र संकुचन देखिएको भन्दै यसलाई राज्यले ध्यान दिएर सहजीकरण गर्नुपर्ने बताए। अटो मोवाइल्सलाई प्राथमिकतामा राख्न सके करमा समेत वृद्धि हुने उनको भनाइ छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष बृहत् अटो शो गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend