काठमाडौं । दशैं बिदाअघि आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.५१ अंकले वृद्धि भई २६६३.५१ विन्दुमा कायम भएको हो।
आज ३१४ कम्पनीका ७५ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा करिब २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। उपसूचकहरूमा होटल एण्ड टुरिजमबाहेक सबै क्षेत्रमा हरियाली छाएको छ। बैंकिङ्ग इन्डेक्स ०.८४ प्रतिशत, हाइड्रोपावर इन्डेक्स ०.७० प्रतिशत, इन्भेष्टमेन्ट इन्डेक्स ०.१४ प्रतिशतले बढेका छन्।
विशेषज्ञहरूका अनुसार नवनियुक्त अर्थमन्त्रीले आर्थिक नीतिसम्बन्धी स्पष्ट दिशानिर्देश नदिँदा बजारमा अन्योल बढेको छ। उनीहरूको भनाइमा, बजारको भविष्य आर्थिक नीतिसँगै राजनीतिक स्थायीत्वसँग पनि गाँसिएको छ। यस्तै परिस्थितिले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै बिक्री प्रवृत्ति तीव्र बनाएको विश्लेषण गरिएको छ।

