२०८३, आश्विन १९ गते

images

नेपाल आइडल सिजन–५ को विजेता बने करण परियार

नेपाल आइडल सिजन–५ को विजेता बने करण परियार

सीएनएन खबर
आइतवार, आषाढ ९ २०८११०:२२
सीएनएन खबर
आइतवार, आषाढ ९ २०८११०:२२
  • images

    काठमाडौं । करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन् । 

    शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए । उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले । 

    यस्तै, सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा बने । गुरुङले १० लाख नगद पाउँदा विश्वकर्माले ५ लाख हात पारे । 

    नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएर प्रतिस्पर्धा गरेका थिए। दर्शकको भोटको आधारमा विजेता चुनिएका हुन् । 

    चार महिनादेखि जारी नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend