२०८३, आश्विन १९ गते

images

आज र भोलि सेयर बजार बन्द रहने

आज र भोलि सेयर बजार बन्द रहने

आइतवार, आश्विन १९ २०८२०८:५०
आइतवार, आश्विन १९ २०८२०८:५०
  • images

    काठमाडौँ । आज र भोलि दुई दिन सेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुई दिन सेयर बजार पनि बन्द हुने भएको हो ।

    दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको सेयर बजार मौसमजन्य विषम परिस्थितिका कारण पुनः बन्द भएको हो । सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था समेत दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । 

    यसअघि लगानीकर्ताले दशैंपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ । यद्यपी, विज्ञहरुले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् । तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ ।

    लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्ने बित्तिकै कारोबारमा सुरुवाती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आँकलन छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend