२०८३, आश्विन २० गते

images

सेयर बजार : डिम्याट खाता ७१ लाख नाघ्दा २६ लाखले गर्छन् अनलाइन कारोबार

सेयर बजार : डिम्याट खाता ७१ लाख नाघ्दा २६ लाखले गर्छन् अनलाइन कारोबार

मंगलवार, आश्विन २१ २०८२११:१२
मंगलवार, आश्विन २१ २०८२११:१२
  • images

    काठमाडौं । २०७७ सालदेखि तीव्र गतिमा उकालो लागेको नेपालको पूँजी बजारले लगानीकर्ताको संख्यामा नयाँ कीर्तिमान कायम गरेको छ। केन्द्रीय निक्षेप प्रणाली सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का अनुसार हालसम्म देशभर ७१ लाख ७ हजारभन्दा बढी डिम्याट खाता दर्ता भएका छन् भने २६ लाखभन्दा बढी लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरिरहेका छन्।

    आर्थिक वर्ष २०७६/७७ मा मात्र १७ लाख हाराहारीमा रहेको डिम्याट खाता संख्या अहिले ७० लाख नाघ्नु, सेयर बजारमा सर्वसाधारणको बढ्दो आकर्षणको स्पष्ट प्रमाण हो। त्यस्तैगरी, ‘मेरो सेयर’ खाता संख्या ७ लाख ४२ हजारबाट बढेर हाल ६१ लाख ८३ हजार पुगेको छ।

    कोरोना महामारीपछि सुरु भएको डिजिटल पहुँचले गर्दा सेयर कारोबारमा अनलाइन माध्यमको प्रयोग अत्यधिक बढेको हो। २०७७ असारमा मात्र ३५ हजार रहेको अनलाइन कारोबार युजरनेम संख्या २०८१/८२ को अन्त्यसम्म आइपुग्दा २६ लाख ३३ हजार ५१० पुगेको छ।

    विशेषगरी, आईपीओमा जनताको चासो, धितोपत्र बोर्डको नीतिगत सुधार, वित्तीय साक्षरता र स्मार्टफोन तथा इन्टरनेटको पहुँचले गर्दा युवापुस्तामा सेयर लगानी प्रवृत्ति व्यापक बनेको देखिन्छ।

    यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ६४ संस्थाले ५९ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर तथा ऋणपत्र निष्काशन अनुमति पाएका छन्। यसमा १४ वटा संस्थाले साधारण सेयर, १७ संस्थाले हकप्रद सेयर, ९ कम्पनीले ऋणपत्र र २० संस्थाले सामूहिक लगानी योजना निष्काशन अनुमति लिएका छन्।

    हालसम्म नेप्सेमा सूचीकृत कम्पनी २७०, धितोपत्र दलाल व्यवसायी ९०, र सामूहिक लगानी योजना व्यवस्थापक २२ रहेका छन्। साथमा, मर्चेन्ट बैंकर, निक्षेप सदस्य, सिआस्बा प्रदायक, योग्य संस्थागत लगानीकर्ता लगायत गरेर कुल ७४५ वटा संस्थाको सक्रियता रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend