२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सूर्यज्योति लाइफले दियो ‘भौतिक पूर्वाधार पुनर्निमाण...

सूर्यज्योति लाइफले दियो ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा १ करोड ५० लाख सहयोग

सूर्यज्योति लाइफले दियो ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा १ करोड ५० लाख सहयोग

मंगलवार, आश्विन २१ २०८२११:४९
मंगलवार, आश्विन २१ २०८२११:४९
  • images

    काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निमाण कोषमा डेढ करोड रुपैयाँ सहयोग गरेको छ । मंगलबार बिहान कम्पनीका सञ्चालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनालसमक्ष उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ।

    कम्पनीले विगतमा समेत विशेषगरी शिक्षा र स्वास्थको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। हालको अवस्थामा समेत नेपाल सरकारले स्थापना गरेको उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कम्पनीबाट भएको सहयोगले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    यसका साथै विपदको घडीमा राष्ट्रले आह्वान गरेका यस प्रकारका अभियानमा सूर्यज्योति लाइफको निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend